विकासका लागि तीन वटै सरकार एउटै बाटोमा हिड्नुपर्छ: अर्थमन्त्री आलेमगर

तनहुँ | साउन १५, २०८०

विकासका लागि तीन वटै सरकार एउटै बाटोमा हिड्नुपर्छ: अर्थमन्त्री आलेमगर Photo: Pratap Rana Magar

पोखरा:  गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेमगरले मुलुकको विकासका लागि तीनै  वटै तहको सरकार एउटै बाटोमा हिड्नु पर्ने बताएका छन् ।
 

 

भिमाद नगरपालिकाको नीति, बजेट कार्यक्रमको सार्वजनिक गर्दै आज (सोमबार) मन्त्री आलेमगरले यस्तो अभिव्यक्ति दिएका हुन् ।

 

उनले मुलुकको दिगो विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकार एक आपासमा समन्वय गरी अगाडी बढ्नुपर्नेमा जोड दिए । 

 

उनले तीन वटै तहको सरकार तीन तिर फर्केको प्रति गुनासो गरे । ‘मुलुकको दिगो विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकार समन्वय गरेर संगै हिड्नु जुरूरी छ, उनले भने, त्यसका लागि आर्थिक मामिला मन्त्री हैसियतले समन्वय गर्ने प्रयास गरिरहेको छु ।’

 

उनले एक आपसको सहकार्यले मात्र देशको दिगो विकासको लक्ष्य हासिल गर्न सकिने बताउदै एउटै लयमा हिड्नेपर्ने बताए । ‘तीन वटै सरकार तीन तिर हिडेर मुलुकको हित कहिल्यै हुदैन । अब तीन तहकै सरकार एउटै बाटोमा हिड्नु विकल्प छैन,’ उनले भने ।

 

जनप्रतिनिधिहरू आर्थिक शुसानमा बस्नुपर्ने मन्त्री आले मगरले बताएका थिए । मन्त्री आलेमगरले घिरिङ १ पुट्टार उत्तर बाहिनी क्षेत्रमा संचालित पुरूषोत्तम महायज्ञको समापनसमेत गरेका थिए ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्